रणबीर सिंहसंग रोमान्स गर्दै कैट्रिना कैफ — OSNepal

रणबीर सिंहसंग रोमान्स गर्दै कैट्रिना कैफ

LC (KTM) June 10, 2021 0

बलिउडमा रहेका नायक तथा नायिका जस्ले एक अर्का संग फिल्म नखेलेको बिरलै छ । कुनै न कुनै फिल्ममा एक अर्का संग जोडी जुरी नै रहेको हुन्छ ।

त्यस्तै जोडी मध्ये अभिनेता रणबिर सिंह र कैट्रिना कैफको रहेको छ । धेरै दर्शकको रोजाई मा अब यी दुबै नायक तथा नायिका एउटै फिल्ममा देखिने भएका छन् । उनीहरुले पर्दामा एक अर्का संग रोमान्स शेयर गर्ने भएका छन् ।

यो जोडीलाई एउटै थलोमा ल्याउने काममा सफल भएकी छिन् निर्देशक जोया अख्तर । अख्तरले रणवीर र कटरीनालाई चाँडै एक फिल्मका लागि लिँदैछिन् । जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको हो । जोयाले कैट्रिना संग फिल्मको स्क्रिप्ट समेत सुनाउन भ्याई सकेकी छिन् ।

स्क्रिप्ट पछि कैट्रिनाले पनि फिल्म खेल्न राजी भएकी छिन् । उनको भुमीकाका बिषयमा फिल्म निर्माण पक्षले केही नखुलाए पनि मुख्य भुमिकामा दमदारका साथ आउने प्रतिक्रिया दिएका छन् । यी दुबै नायक नायिकाको जोडी कत्तिको जम्ने हो फिल्म निर्माण भएर रीलिज भएपछि पक्कै थाहा नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर