काठमाडौं २८ चैत । पाँच दलिय राजनीतिक दलका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गरेका छन् । आगामी स्थानीय तह निर्वाचनको लागि गठवन्धन एकतावद्ध रहेको सन्देश दिन गठवन्धनले संयुक्त पत्र जारी गरेको हो ।
नेपाल राष्ट्रको सर्वागीङण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिवद्ध रहेको जारी अपिलमा भनिएको छ ।
संयुक्त जारी अपिल पत्रमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर रहेको छ ।
‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।’ जारी अपिलमा भनिएको छ ।
परिर्वतन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठवन्धन बनेको हो अपिलमा भनिएको ।