काठमाडौ २८ चैत । नेकपा एमालेका नेता शंकर पोखरेलले मुद्दामामिलागरी परामादेशवाट आएको गठवन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला पारेको बताएका छन् ।
एमाले सरकारले भुकम्पले थिलोथिलो भएको देशलाई उठाएर जनताका मुर्झाएका सपनालाई जगाएको दावी गरेका उनले अहिलेको सरकारले अर्थतन्त्रलाई उठ्नै नसक्ने गरी थला पारेको आरोप लगाएका हुन् ।
‘स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भुभाग समेटेर नयाँ नक्सा प्रकाशित गरेको एमालेले हा,विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढाउने पनि एमाले हो । ‘ उनले भनेका छन् ।
देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला बसाएको यो सरकार भन्छ अझै पनि ठुलो छ गठवन्धन भन्दै एमालेलाई हराउने कुरा गरिरहेको टिप्पणी गरेका उनले समाजिक सञ्जाल मार्फत भनेका छन् , ‘गरेर एमालेलाई हराउछौ । कस्तो विडम्वना- पाँच दलिय गठवन्धनसंग न कुनै देश बनाउने भिजन छ नत कुनै गन्तव्य र लक्षनै ।
उनले भनेका छन्,नेकपा(एमाले)ले भुकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि वढायो । स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भुभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’
,’तर मुद्दामामिलागरी परामादेशवाट आएको गठवन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला वसायो । तर पनि स्वर उनिहरुकै ठुलो छ गठवन्धन गरेर एमालेलाई हराउछौ । कस्तो विडम्वना- पाँच दलिय गठवन्धनसंग न कुनै देश बनाउने भिजन छ नत कुनै गन्तव्य र लक्षनै ।’