पाँच लाख घुससहित मालपोत कार्यालयका प्रमुख पक्राउ — OSNepal

पाँच लाख घुससहित मालपोत कार्यालयका प्रमुख पक्राउ

LC (KTM) April 11, 2022 0

काठमाडौ २८ चैत । नगद पाँच लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा रहेका छन् ।

उनलाई प्रहरीले जनकपुरधामको भानु चोकबाट सोमबार बिहान सेवाग्राहीसँग घुस वापत उक्त रकम लिँदै गर्दा अख्तियारको बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

एउटा मुद्धाको फैसला मिलाइदिने भन्दै झाले उक्त रकम लिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुशन्धान अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर