भारतको पतञ्जलि योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ प्रयोग नगरिने — OSNepal

भारतको पतञ्जलि योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ प्रयोग नगरिने

LC (KTM) June 10, 2021 0

काठमाडौँ-भारतको पतञ्जलि योगपीठले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणका लागि सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ तत्काल प्रयोग नगर्ने भएको छ । आयुर्वेद विभागले कोभिड–१९ विरुद्धको उक्त वैकल्पिक चिकित्सा औषधि नेपालमा दर्ता नभएको प्रयोग नगर्ने जनाएको छ । विभागमा महानिर्देशक डा वासुदेव उपाध्यायले प्रक्रिया नपु¥याएर ल्याएको हुनाले अहिले तत्काल उक्त कोरोनिल किट प्रयोग नगर्ने जानकारी दिनुभयो । “आपतकालीन औषधि प्रयोग गर्नका लागि नेपालमा प्रक्रिया पु¥याउनु पर्दछ,” उहाँले भन्नुभयो, “तर पतञ्जलि योगपीठले उक्त औषधि प्रक्रिया नपु¥याइकन ल्याएको हुनाले तत्काल प्रयोग गर्दैनौँ ।”

उहाँका अनुसार उक्त किटमा अनुतेल, श्वासरी ट्यावलेट र कोरोना ट्यावलेट गरी तीन प्रकारका औषधि रहेका छन् । उहाँले किटमा रहेका औषधिको अध्ययन गर्दा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सक्ने रहेको बताउनुभयो । “हामीले विज्ञ राखेर औषधि के–के मिश्रणबाट बनेको भनेर अध्ययन ग¥यौँ,” उहाँले भन्नुभयो, “अध्ययनबाट औषधिले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्दछ ।”

उहाँले औषधिले श्वासप्रश्वासमा फाइदा, ज्वरो र रुघाखोकी नियन्त्रण र रोगसँग लड्न क्षमता बढाउने (इम्युनिटी पावर) सक्ने बताउनुभयो । नेपालस्थित पतञ्जलि योगपीठले भारतबाट एक हजार ६०० कोरोनिल किट ल्याई सरकारलाई कोरोना भाइरस रोकथामका लागि उपलब्ध गराएको थियो ।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर