काठमाडौं २७ चैत । नेकपा एमालेका सांसद डा भीम रावलले अर्थतन्त्रको विद्यमान अवस्था र सबै आर्थिक सूचकबारे सरकारलाई श्वेतपत्र जारी गर्न के ले रोकेको छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
राज्य चलाउनेहरू कोही देश गम्भीर संकटतर्फ जाँदैछ रोक्न तुरून्त आवश्यक पाइला चाल्नुपर्छ भन्ने कोहीले भने त्यस्तो होइन सरकार विरूद्ध षडयन्त्रपूर्ण प्रचार हो भन्ने! खास के होरु भन्दै प्रश्न गरेका नेता रावलले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल मार्फत नेता रावलले देशको अर्थतन्त्रको विषयमा प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘राज्य चलाउनेहरू कोही देश गम्भीर संकटतर्फ जाँदैछ रोक्न तुरून्त आवश्यक पाइला चाल्नुपर्छ भन्ने कोहीले भने त्यस्तो होइन सरकार विरूद्ध षडयन्त्रपूर्ण प्रचार हो भन्ने! खास के हो? अर्थतन्त्रको विद्यमान अवस्था र सबै आर्थिक सूचकबारे सरकारलाई श्वेतपत्र जारी गर्न के ले रोक्छ प्रमं देउवा जी?’