काठमाडौं २७ चैत । नेकपा एमालेका नेता युवराज खतिवडाले मन्त्रीहरुले निर्वाचनका लागि खुलमखुला पैसा मागिरहेको आरोप लगाएका छन् ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पुर्व अर्थमन्त्री समेत रहेका खतिवडाले सरकारका मन्त्री विवादास्पाद अभिव्यक्ति दिएको भन्दै स्वार्थ नमिल्ने कर्मचारीमाथि जाइ लाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता हर्कतले अर्थतन्त्रमा संकटको अवस्था आएको बताएका छन् ।
‘मन्त्रीहरु निर्वाचनका लागि भनेर खुलाखुला पैसा मागिहरका छन्,’व्यवसायीहरुले समस्या राख्ने ठाउँ पाएका छैनन् ‘ उनले भने ।
९ महिनासम्म वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको बताएका उनले अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि सरकार सन्चो मानेर बसिरहेको आरोप लगाएका छन् ।
उनले भने,’ व्यापार घाटा कुल गाह्रस्थ उत्पादनको ४५ प्रतिशत माथि पुग्दै छ, यो सर्वथता बढी हो ।’