काठमाडौं २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेकाले भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आज आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको बताएका उनले उक्त काम गैर कानुनी भएको बताएका छन् ।
‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ’ उनले भने ।
नेता पाण्डेले श्रीलंकाको अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले भने,’श्रीलंकामा अर्थमन्त्री भाग्नेले सुन्दैछु , कतै यो दिन त नआओस् नेपालमा’ उनले भने ।