बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण अस्पताल बाट डिस्चार्ज , डाक्टरले सुझावमा दिए उनले केही दिन गर्नै नहुने ९ वटा काम , जुन काम मदन आफैलाई साह्रै मन पर्छ — OSNepal

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण अस्पताल बाट डिस्चार्ज , डाक्टरले सुझावमा दिए उनले केही दिन गर्नै नहुने ९ वटा काम , जुन काम मदन आफैलाई साह्रै मन पर्छ

LC (KTM) June 09, 2021 0

रोग ब्याधी पनि यस्तो भएर आईदिन्छ कहिले काही की आफुलाई न परेका काम गर्न सख्त प्रतिबन्धित हुने गर्छन् । नेपालका बरिष्ठ हास्यकलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठलाई यस्तै भएको छ ।

उनी गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल पुर्याइएका थिए । गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुको टिमले शनिबार नै एन्जिओप्लास्टी मेडिकल प्रक्रियाद्वारा दुइवटा स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइपछि उनी स्वास्थ्य भए ।

आजको उनको अस्पतालबाट डिस्चार्ज त भयो तर डाक्टरले उनी संग केही शर्तहरु राखेर मात्र डिस्चार्ज गरेका छन् । डाक्टरहरुले मदनकृष्णलाई ९ ओटा गर्न नहुने कुराहरु बताए जबकी उनलाई सबैभन्दा मन पर्ने कामहरु नै तिनै थिए ।

उनका छोरा यमनका अनुसार अब उनका बुवाले केही हप्ता नो फेसबुक, नो सोसियल मिडिया, नो टु मच न्यूज, नो टु मच मोबाइल, नो टु मच फोन कन्भरसेसन, नो जुम, नो आउटिङ, नो फिल्म सुटिङ र नो प्रोग्राम है भनेर डाक्टरहरुले कडा निर्देशन दिएको छ ।

उनले फेसबूकमा यी कुरा लेख्दै भनेका छन् जुन बुवालाई असाध्यै मनपर्ने कुराहरुमा पर्छन् । यसअघि मदनकृष्ण श्रेष्ठ सहित उनका सबै परिवारलाई नै कोरोना संक्रमण पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर