काठमाडौं । नायिका सुष्मा कार्की बेलाबेलामा चर्चामा आइरहने कलाकार हुन् । फिल्ममा त्यति व्यस्त नभएकी र फाट्ट फुट्ट म्यूजिक भिडियोहरुमा देखिँदै आएकी सुष्मा प्रेम, रोमान्स र विबादका कारण भने समाचारमा छाइरहने पात्र हुन् । यतिबेला सुष्मा आफ्नो भेरिफाइड फेसबुक पेज बेचेको भन्ने समाचारले हेडलाइन बनिरहेकी छिन् ।
इस्टाग्राममा राखेका सबै फोटोहरु पनि हटाएपछि पत्रकारले उनलाई के छाड्थे र ? ९ लाख ४० हजार फलोअर्स भएको सुस्माको अफिसियल फेसबुक पेजमा ‘पूर्णपाठ’ नामक एक न्यूज पोर्टलका समाचारहरु सेयर भएको पाइएपछि सु्ष्मालाई गरिएको प्रश्नमा उनले उक्त पेज आफ्नै भएको बताइन् ।
सुष्माले तपाईको पेज खोइ भन्ने प्रश्नमा पूर्णपाठ भन्ने पेज र अनलाइन आफ्नै भएको र अहिले आँफुले नै चलाइरहेको बताएकी छिन् । सुष्माले भने जस्तै पूर्णपाठको फेसबुक पेजको इन्ट्रोमा ‘सुस्मा कार्की इज पपुलर एक्ट्रेस अफ नेपाल’ लेखिएको छ भने फलोअर्सको संख्याले पनि सुष्माको पुरानो पेज यही भएको छनक मिल्छ ।
फेसबुकबाट किन टाढिनुभएको त भन्ने प्रश्नमा सुष्माले भनिन् मैले आफ्नो फेसबुक पेजमा पोष्ट गर्न छोडेको त एक वर्ष भइसक्यो । अहिले अनलाइन चलाउँछु । फेसबुक पेज नै बिक्री गरेको भन्ने समाचार गलत भएको दाबी गर्दै सुष्माले भनिन् त्यो सबै फेक न्यूज हो ।
म छोड्दिन यस्तो न्यूज बनाउनेहरुलाई ।उनीहरुलाई म समातेर पिटिदिन्छु । रिसले झोक्किँदै सुष्मा अगाडी भन्छिन् मेरो आफ्नो पेजमा मैले जे गरे पनि किन अरुको टाउको दुख्यो ।