आज एकाबिहानै बिर्तामोडका कुमार गुरुङको घरमा चल्यो रुवाबासी , खेल्दै गरेका ३ बर्षिय छोराको यसरी भयो अकल्पनिय निधन — OSNepal

आज एकाबिहानै बिर्तामोडका कुमार गुरुङको घरमा चल्यो रुवाबासी , खेल्दै गरेका ३ बर्षिय छोराको यसरी भयो अकल्पनिय निधन

LC (KTM) June 09, 2021 0

झापाको बिर्तामोड निवासी कुमार गुरुङको घरमा आज बिहान सम्म खुशीयाली नै थियो सदा झै । सबै बिहानको समयमा उठेर आ आफ्नो कामधन्दामा लाग्ने तर्खरमा थिए तर अचानक यो गुरुङ परिवारमा कालो बादल मडारीयो ।

एकछिन अघिको खुशी सबै रुवाबासीमा बदलियो । कारण थियो कुमारका ३ बर्षिय छोराको अकल्पनिय निधन । बिर्तामोडमा करेन्ट लागेर ३ बर्षीय बालक अभिनास गुरुङको मृत्यु भए पछि गुरुङ परिवारमा रुवाबासी छाएको छ।

बिर्तामोड १० ठुटेबर चोक स्थितमा बस्ने कुमारका ३ बर्षीय छोरा अभिनासले एकैछिनमा आफ्नो प्राण पखेरु भगवान संग सुम्पिएका छन् । बुधबार बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर