काठमाडौ २६ चैत । पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निणर्य प्रति आपत्ती जनाएका छन् ।
शनिवार काठमाडौंको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउन लागिपरेको व्यक्तिलाई कारबाही गरेको भन्दे सरकारको यो निणर्य प्रति आपत्ती जनाएका हुन् ।
ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, अर्थशास्त्री, राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर गभर्नर भएका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो र माओवादी निकट मानिने १ जना व्यक्तिको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।’
देशको नेतृत्व निर्लज्ज व्यक्तिहरूको हातमा पुगेको दावी गरेका उनले गर्भनरमाथि छानबिन गर्न माओवादीले नै समिति बनाएको आरोप समेत लगाएका छन् ।
थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको मुसालाई कारबाही भएको भन्दै ओलीले सम्बोधनमा भने , ‘हिजो मात्रै हामीले देख्यौं । थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि १ त्यसमा पनि अनुहारमा रौं भएको मुसाले कपाकप धान खायो । उसैले रौं नभएकालाई कारबाही भयो,’ ।