काठमाडौ २६ चैत । नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा नारायण दाहाललाई नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् ।
शनिबार काठमाडौं आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रमा जनयुद्धका नाममा लडेका, त्याग गरेका व्यक्ति थुप्रै हुँदाहुँदै पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइलाई नियुक्त गरिएकोमा ओलीले आपत्ती जनाएका हुन् ।
देश बनाउने इच्छा वर्तमान सरकारमा नभएको आरोप लगाएका ओलीले जनयुद्धका नाम लडेका ती सबैलाई छाडेर, अनादर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाएको भन्दै प्रचण्ड माथि खनिएका छन् ।
‘आन्दोलन गरेका, अपाङ्गता भएका, शरीरमा गोली लिएका व्यक्तिका छन्, जनयुद्धका नाम लडेका ती सबैलाई छाडेर, अनादर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने मति हेर्नुस् । देश बनाउने यिनीहरूका मनमा छैन ।’ ओलील भने ।