काठमाडौं .२५ चैत । नेकपा एमालेका सांसद नेता भीम रावलले वर्तमान गठवन्धन सरकार देश र जनताको हित भन्दा पनि निहित स्वार्थसाधनमा निर्लिप्त रहेको प्रष्ट भएको बताएका छन् ।
नेता रावलले सामाजिक सञ्जाल टुवीटर मार्फत गठबन्धन सरकारका हालैका राजनीतिक, कूटनीतिक र अन्य नियुक्तिहरू, सरकारका कतिपय व्यक्तिका अराजक बोली-व्यवहार, राजनीतिक,परराष्ट्र र आर्थिक नीति हेर्दा निहित स्वार्थसाधनमा निर्लिप्त भएको बताएका हुन् ।
‘सरकारमा सामेल दलका हर्ताकर्ताहरू देश र जनताको हित र भविष्यप्रति चिन्तनशील नभई निहित स्वार्थसाधनमा निर्लिप्त रहेको स्पष्ट भयो। ‘उनले भनेका छन् ।
‘गठबन्धन सरकारका हालैका राजनीतिक, कूटनीतिक र अन्य नियुक्तिहरू, सरकारका कतिपय व्यक्तिका अराजक बोली-व्यवहार, राजनीतिक,परराष्ट्र र आर्थिक नीति हेर्दा सरकार र सरकारमा सामेल दलका हर्ताकर्ताहरू देश र जनताको हित र भविष्यप्रति चिन्तनशील नभई निहित स्वार्थसाधनमा निर्लिप्त रहेको स्पष्ट भयो।’