काठमाडौं २५ चैत । नेपाली कांग्रेसले विराटनगरमा आगामी निर्वाचनमा एक्लै लड्ने भएको छ । कांग्रेसको विराटनगर महानगर समितिको बैठकले आगामी स्थानीय चुनावमा विराटनगरमा एक्लै भिड्ने निर्णय हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता नभएको बैंठकले निणर्य गरेको हो ।
नगर सभापति दीपक चापागाईँले केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरेकाले विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन नगर्ने जानकारी दिएका छन् ।
यस विषयमा केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा नभएको बताएका छन् ।