काठमाडौं २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको तुलना गर्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपाललाई तुलना गर्न नमिल्ने बताएका हुन् ।
‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस्’ उनले भने ।
श्रीलंकाको विषयलाई लिएर आम जनतालाई आतंकित पार्ने काम भइरहेको बताएका उनले यो गलत कार्य भएको बताएका छन् ।
‘अर्थतन्त्रमा फेरि समस्याहरु छन् त्यो हामीले पनि भनिरहेका छौ । त्यसलाई बदल्नुपर्छ । तर कतिपयलाई रहर छ श्रीलंका बनाउने । तिनको सपना पुरा हुदैन’ उनले भने ।