काठमाडौ २५ चैत । नेपालको बैंकहरुको पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खञ्जेलीले आफ्नो कार्यकाल सकिनु भन्दा एक महिना अगाडी पदबाट राजीनामा दिएकी हुन् ।
यही चैत मसान्तमा आफ्नो कार्यकाल सकिँनै लाग्दा दोस्रो कार्यकालमा पनि खञ्जेलीले दोहोरिन चाहेपछि थिइन् ।
तर, सञ्चालक समितिले दोहोर्याउन नचाहेपछि उनले कार्यकाल सकिनु केहि अगावै पदबाट राजिनामा दिएकी हुन् ।
यथपी, उनको राजीनामा भने स्वीकृत भइनसकेको जनाइएको छ ।