काठमाडौं २४ चैत । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतहरूलाई हटाएको छ । आयोगले नियक्तु गरेको ७१ जना निर्वाचन अधिकृतहरूलाई हटाएर आयोगले नयाँ नियुक्त गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निममित पत्रकार सम्मेलनमा यसको जानकारी गराएका हुन् । साथे उनले अहिले उच्च हिमाली जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको जानकारी समेत गराएका छन् ।
दिनको ३ देखि ४ लाख मतपत्र छापिएको उनले बताएका छन् । साथै प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता माथि उठाएको प्रश्नको विषयमा गहन रुपमा छलफल भइरहेको पनि उनले जानकारी गराएका छन् ।