नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहको केस अझै टुंगो लागेको छैन । उनको नवलपुर जिल्ला अदालतमा शाहको बुधबार थुनछेक बहस सकिएको छ । घटनाका बिषयमा यसअघि हिजो मात्र अभिनेता शाह संग बयान लिइएको थियो। शाहविरुद्ध नाबालिग बलात्कार आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिने काम सकिएको हो । थुनछेक बहसमा शाहबिरुद्ध सरकारी वकीलले ३ जनाले बहस गरेका थिए । यसरी बहस गर्ने सरकारी वकिलहरुमा कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापा रहेका छन् । उनीहरु तीनै जानले पीडित किशोरीको तर्फबाट बहस गरेका थिए ।
उनीहरूले १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् ।किशोरीको माग पनि सोहि नै रहेको छ । शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट भने ९ जना वकिलहरुले बहस गरेका थिए । थुनछेक बहस पछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो लाग्नेछ।