किन चितवनमा प्रचण्डलाई हराउन लागि परेको, चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो ? प्रचण्ड — OSNepal

किन चितवनमा प्रचण्डलाई हराउन लागि परेको, चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो ? प्रचण्ड

LC (KTM) April 06, 2022 0

काठमाडौं २३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै गृह जिल्लामा चितवन माओवादीलाई कमजोर पार्ने षडयन्त्र भइरहेको बताएका छन् । आज बुधबार चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् ।

एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई हराउने रहेको बताएका उनले भने, ‘प्रतिक्रियावादी चितवनमा प्रचण्डलाई कसरी हराउने भन्नेमा छन् ।’

चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको दावी गरेका उनले माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने बताएका छन् ।

माओवादीले चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो र भन्दै प्रचण्डले प्रश्न गरे , ‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर