लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन — OSNepal

लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएको पुस्तक जफत हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्पुस्तक बिक्री गरिएको सुचना पाइएकाले त्यस्ता पुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।

आज बुधाबार पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बैठकले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर कारवाही गर्ने चतावनी समेत दिइएको छ । नेपालको लिम्पियाधुरा र लिपुलेक विनाको पुरानो नक्सा छापेर देशको आँच काम गर्नेलाई हदैसम्मको कारवाही हुने बैठकले निणर्य गरेको छ ।

‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ मन्त्री श्रेष्ठले भने । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक विक्री गर्नेमाथि कडा कारबाही गरिने बताउँदै भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र विक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने छौँ ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर