काठमाडौं २३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अहिले बल्ल रेणु दाहालको बुबा भनेर चिनिन लागेको बताएका छन् ।
बुधबार भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै अध्यक्ष प्रचण्डले चितवनमा आफुलाई रेणुको बुवाको रूपमा चिनिन थालेको बताएका छन् ।
युद्ध कालदेखि राजनीतिमा छोरी रेणु दाहालको आफ्नै त्याग–तपस्या रहेको बताएका उनले २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे गरेको स्मरण गराउँदै उनले भने , ‘अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’
महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि आफ्नो छोरी रेणुले स्पष्ट पारेको समेत बताएका छन् ।