काठमाडौं २३ चैत । नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनुमति पाएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी गराएकी हुन् ।
भारतले १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट गरी ३२५ मेगावट बिजुली आफ्नो बजारमा बेच्न अनुमति दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण सम्पन्न गरे लगत्तै भारतको ‘डे अहेड’ मार्कोटमा नेपालको बिजुलीलाई प्रवेश गर्न अनुमति दिएको हो ।
यसैगरी भारतले थप ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुली बेच्न समेत अनुमति दिएको छ ।