काठमाडौं २३ चैत । राष्ट्रिय खेलकुद परिषद (राखेप)को निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर थापाले २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिएका हुन् ।
गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए ।पछिल्लो समय थापा प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी ग्रहण गर्ने अवसर पाएका थिए ।