प्रमुख जिल्ला अधिकारी बजारमा अनुगमनमा, म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरियो — OSNepal

प्रमुख जिल्ला अधिकारी बजारमा अनुगमनमा, म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरियो

LC (KTM) June 09, 2021 0

सिमकोट- सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका रु एक लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ ।जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिनुभयो ।

आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर- वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिण्डर खरीद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताउनुभयो । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरीदपश्चात् बाँकी हुने रकम पनि कोरोना पीडितहरूकै लागि खर्च गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर