प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ — OSNepal

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

LC (KTM) June 09, 2021 0

काठमाडौँ, २६ जेठ- सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो ।

इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गर्नुभएको थियो । आदेशको पूर्णपाठ भने आउन बाँकी छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर