तामाको तार चोरी अभियोगमा समातिएका रुद्र हिरासत भित्र नै यस्तो सोच्नै नसकिने अवस्थामा फेला परे — OSNepal

तामाको तार चोरी अभियोगमा समातिएका रुद्र हिरासत भित्र नै यस्तो सोच्नै नसकिने अवस्थामा फेला परे

LC (KTM) April 05, 2022 0

बुटवल, २२ चैत – बुटवलमा प्रहरी हिरासतमा रहेका एक युवकले घाँ-टी रे-टे-र आ-त्म-ह-त्या-को प्रयास गरेका छन् । वडा प्रहरी कार्यालय रामनगर बुटवलको हिरासतमा रहेका बुटवल–११ देवीनगरका रुद्रबहादुर नेपालीले सोमबार आ-त्म-हत्या-को प्रयास गरेका हुन् ।

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँ ,टी रे,टिए,को अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनलाई शनिबार साँझ प्रहरीले तामाको तार चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले नेपालीलाई तीन किलो तामाको तार कवाडीलाई बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोही घटनाको अनुसन्धानका क्रममा नेपालीलाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । तीनदेखि हिरासतमा रहेका नेपाली एक्कासि घाँटी रेटिएको अवस्थामा फेला परेको डीएसपी केसीले बताए ।

हिरासतमा एक्लै रहेका नेपालीले आत्महत्या गर्ने उद्देश्यले शौचालयको साइफन फुटालेर घाँटी रेटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शौचालयको साइफन फुटेको र त्यसको टुक्रा नभेटिएको केसीले जानकारी दिए ।

घाँटीमा गहिरो चोट लागेका नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनको परिवारले भने हिरासतभित्रै घाँ टी रे टि एको अवस्थामा फेला पर्नु गम्भीर विषय भएको बताएको छ । नेपालीकी दिदी मनकुमारीले हिरासतभित्र जिउ ज्यानको सुरक्षाको जिम्मा प्रहरीको रहेको भन्दै घ टनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिन् । घाइते नेपालीले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइकर्मीको रूपमा कार्यरत थिए । फाइल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर