संसद विघटनको मुद्धामा सर्वोच्चले दिन मानेन अन्तरिम आदेश — OSNepal

संसद विघटनको मुद्धामा सर्वोच्चले दिन मानेन अन्तरिम आदेश

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । सर्वोच्च अदालतले संसद विघटनको गर्नुको लिखित कारण सरकारसँग माग गरेको छ । आज बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले विघटन गर्नुको लिखित कारण माग गरेको हो ।

सरकारले लिखित कारण दिएपछि मात्र असार नौ संसद विघटनको मुद्धामा सुनुवाई हुने भएको छ । जेठ ७ गते मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन् ।

संसद विघटनको मुद्धामा विपक्षी बनाइएको राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग सर्वोच्चले विघटन गर्नुको लिखित जवाफ माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर