नेपालबारे लिएको यस्तो निर्णयबाट अझै पछि हटेन अमेरिका — OSNepal

नेपालबारे लिएको यस्तो निर्णयबाट अझै पछि हटेन अमेरिका

LC (KTM) June 09, 2021 0

एजेन्सी । अमेरिकाले कोरोना संक्रमणको जोखिम देखाउँदै नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाएको हो ।

त्यस्तै जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । ६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने सीडीसीले जनाएको छ ।

सीडीसीले यात्रा गर्न सकिने देशहरूको सूचीमा परिवर्तन गर्दै केही खुकुलो बनाएको हो । । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक, ल्याटिन अमेरिकी तथा अफ्रिकाका कैंयन मुलुक भ्रमण गर्न नहुने सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर