पानी तान्ने मोटरको तार छुदा तीन वर्षीय बालकको करेन्ट लागेर मृ त्यु,शोकमा परिवार — OSNepal

पानी तान्ने मोटरको तार छुदा तीन वर्षीय बालकको करेन्ट लागेर मृ त्यु,शोकमा परिवार

LC (KTM) June 09, 2021 0

झापा, २६ जेठ – विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृ त्यु भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर