काठमाडौं २१ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि मतपत्र छाप्न छाप्ने काम सुरु भएको छ ।
छपाईको काम जनक शिक्षा सामग्री केन्द्रले पाएको छ । कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।
सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ । आयोगले बताएअनुसार एक लाख ८० हजार थान नमुना मतपत्र भने छपाइ सकिएको छ ।