पर्नुगठित मन्त्रिपरिषद्मा पुर्व माओवादीका नयाँ अनुहारका साथै राष्ट्रिय सभामा सदस्यमा हारेका खड्काको नाम लिस्टमा पर्यो — OSNepal

पर्नुगठित मन्त्रिपरिषद्मा पुर्व माओवादीका नयाँ अनुहारका साथै राष्ट्रिय सभामा सदस्यमा हारेका खड्काको नाम लिस्टमा पर्यो

LC (KTM) June 09, 2021 0

काठमाडौं २६ जेठ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्नुगठित मन्त्रिपरिषद्मा पुर्व माओवादीका नेताहरुले ल्याउने तयारी गरिरहेका छन् । जनता समाजवाली पार्टीसँग मिलेर मन्त्रिपरिषद् विस्तार गरेका आलीले बाँकी रहेका मन्त्रालयमा भने आफुलाई संकटको समयमा साथ दिएका पुर्व माओवादीका नेताहरुलाई समेट्ने तयारीमा ओली लागको हुन् ।

आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको जसपा र रिक्त रहेको पदमा पुर्व माओवादीका केहि मन्त्रीको अनुहार देखिन्छ भने केहि नयाँ अनुहार देखिने पनि स्रोतले जनाएको छ । पुर्वमाओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु शाह, मणि थापा र दावा लामा तामाङ गरी सातजना मन्त्री थिए । यी सात अनुहारबाट केहिले मात्र मन्त्री पद पाउने स्रोतले जनाएको छ ।

नयाँ अनुहारमा राष्ट्रिय सभा सदस्यको चुनाव हारेका चन्द्रबहादुर खड्का र पुर्वमाओवादीका , ज्वाला शाह मन्त्री बन्ने सम्भावना रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर