काठमाडौ २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष नेता ईश्वर पोखरेलले सरकार ढाल्नेसँग गठवन्धन नहुने बताएका छन् ।
नेता पोखरेलले प्रेस चौतारी नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमालेको सरकार ढालेर एमालेकै प्रतिद्धन्दी कांग्रेसलाई सरकारमा ल्याउन बनेको गठवन्धनसँग निर्वाचनको लागि भन्दै एकता नहुने बताएका हुन् ।
नेकपा एमाले कुनै गठबन्धनको पक्षमा नभएको स्पष्ट पारेका उनले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताएका छन् ।
उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’