हरिप्रसाद भुसाल / अर्घाखाँची, २१ चैत – अर्घाखाँचीमा टाइफाइड राेगविरुद्धकाे खाेप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएकाे छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियानका सदस्य सचिव रामप्रसाद गाैतमले जानकारी दिए ।
खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ ।
खाेप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।
१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे खाेप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए ।
खाेप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खाेप केन्द्र कायम गरिएकाे छ ।