बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ — OSNepal

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

LC (KTM) June 09, 2021 0

बर्दिया २६ जेठ । बहुबिवाह मुद्दाका फरार प्रतिवारी बढैयाताल गाउँपालिका0=-८ पहाडीपुर बस्ने ३५ वर्षीय टिकाराम बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दीयामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर