काठमाडौ २१ चैत । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि गठवन्धनमा निर्वाचनको थप मोडालिटी तयार पार्न सत्ता गठवन्धनको बैठक बस्ने भएको छ ।
स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय भोली मंगलबार सगठन्धनको बैठक बस्ने भएको हो ।
हिजो आइतबार साँचm तिन दिने भारत भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता भए लगत्तै निर्वाचनको विषयमा गठवन्धनको तालमेलको थप निणर्य लिन बैठक बस्न लागेको हो ।
यता सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताएको छ । माओवादी केन्द्र पनि गठवन्धनको भर नपरी आफ्नै खुट्टामा उफिएर निर्वाचन जित्न भन्दै आफ्ना नेता कार्यकर्ताहरुलाई तयार रहन निर्देशन दिएको छ ।
कांग्रेसकै डा. शेखर कोइराला पक्षले भने कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै आएका छन् । यता एकिकृत समाजवादी पार्टी भने गठवन्धन हुने बताउँदै आएको छ ।