काठमाडौं, २१ चैत – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दैछन् ।
चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।
युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए ।
दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।