'विश्वासको मत लिन्न, विश्वासको मत पाउदिनँ भन्दैमा राजीनामा नदिइ दफा ५ को बाटो खोल्नु प्रधानमन्त्रीको बदनीयत हो' — OSNepal

‘विश्वासको मत लिन्न, विश्वासको मत पाउदिनँ भन्दैमा राजीनामा नदिइ दफा ५ को बाटो खोल्नु प्रधानमन्त्रीको बदनीयत हो’

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत लिन्न, विश्वासको मत पाउदिनँ भन्दैमा राजीनामा नदिइ दफा ५ को बाटो खोल्नु प्रधानमन्त्री केपी ओलीको बदनीयत भएको आरोप लगाएका छन् । संसद विघटन सम्बिन्धि मुद्धाको सुनुवाइ अदालतमो भइरहेको अवस्थामा अधिवक्ता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यदि संविधान नै पालना हुँदैन भने नेपालमा ससदीय प्रजातन्त्र नभएको जिकिर गरेका थापाले भने , संविधानको धारा ७६(५) पालना नहुने हो भने नेपालमा संसदीय प्रजातन्त्र कहाँ छ रु हचुवाको भरमा संसद विघटन गरेर चुनाव घोषणा गर्नु राष्ट्रपतिको बदनियत भएको बताएका छन् ।

“त्यसै हचुवाको भरमा विश्वासको मत छैन भनेर कसैले भन्यो भने पत्याउने ? अनि कसैले बहुमतको हस्ताक्षर लैजाँदा नपत्याउने ? यो राष्ट्रपति कार्यालयको बदनियत होइन ?” उनले भने । विश्वासको मत जिम्मा संसदलाई दिनुपर्ने राष्ट्रपतिले नै विश्वासको मत नपाइने भन्दै संविधानको धारा ७६(३) लाई व्यवस्था गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर