काठमाडौं २० चैत । तिन दिने भारत भम्रणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसको तिर्थयात्रा सकेर दिल्ली फर्किएका छन् ।
औपचारिक भ्रमणमा भारत गएका देउवाले आज बनारसमा रहेको विश्वनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
भारत सरकारले नै तय गरेको तिर्थयात्राका लागि आइतबार बनारस पुगेका देउवाको साथमा आरजु राणा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रा सहभागी भएका थिए ।