न्यायाधीश खतिवडाले भने, 'अब यो जिम्मेवारीबाट भाग्दैनौं' — OSNepal

न्यायाधीश खतिवडाले भने, ‘अब यो जिम्मेवारीबाट भाग्दैनौं’

LC (KTM) June 09, 2021 0

काडमाडौँ २६ जेठ । संसद विघटन सम्बन्धि मुद्धाको सुनुवाई गर्न अब फेरि संवैधानिक इजलास पुनर्गठन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा गठन भएको इजलासका न्यायाधीशद्धय दीपक कार्की र आनन्दमोहन भट्टराईबारे सरकारी पक्षले नै प्रश्न उठाएपछि सुनुवाई अगाडी बढ्न नसकेको इजलासमा आजबाट भने प्रधानन्यायाधीश जबराले बेञ्चलाई निरन्तरता दिई बहस गर्न अनुमति दिएका छन् ।

प्रधानन्यायाधीश जवराले गठन गरेको इजलासमा न्यायाधीशद्धय दीपक कार्की र आनन्दमोहन भट्टराई सहित न्यायाधीश मीरा खड्का, ईश्वर प्रसाद खतिवडा पनि सहभागी भएका छन् । जसले गर्दा संयोगले यो जिम्मेवारी पाएकाले आफुहरु जिम्मेवारीबाट नभाग्ने बताउँदै न्यायाधीश खतिवडाले भने, ‘भोलि फाइनल लेख्ने बेला के गर्ने गरौंला, अब यो बेञ्च नै फाइनल हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर