काठमाडौं २० चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताको आवश्यकतालाई ध्यानमा राखेर सरकारले भ्यु टावर नभई पानी ट्यांकी बनाउनुपर्ने तर्क राखेका छन् । आइतबार गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले जिल्लाको
शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन सम्बोधन गर्दै यस्तो बताएका हुन् । घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिन आग्रह गरेका उनले भने , ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’
वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसले आफ्नो स्पष्ट योजना ल्याउने बताएका उनले आफुहरुले पुरा गर्न नसक्ने प्रतिवद्धता नगर्ने पनि सम्बोधनका क्रममा भनेका छन् ।
संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा हुन बाँकी रहेको बताएका उनले नैसर्गिक अधिकारका रुपमा व्याख्या गरिएका खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई संविधानका रुपमा व्यंख्या गरेकाले अधिकारका रुपमा व्याख्या त्यसअनुरुप दलहरुले कार्यक्रम बनाउन आवश्यक रहेको औल्याएका छन् ।
‘जनताको आवश्यकता के हुन् त्यतातिर दलहरुले ध्यान दिनुपर्छ,’ भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ।’ उनले भने ।