प्रदेश हुँदै केन्द्रमा समेत ओलीलाई ढाल्न विपक्षी गठबन्धनको यसरी भइरहेको छ तयारी — OSNepal

प्रदेश हुँदै केन्द्रमा समेत ओलीलाई ढाल्न विपक्षी गठबन्धनको यसरी भइरहेको छ तयारी

LC (KTM) June 09, 2021 0

काठमाडौं २६ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधामन्त्री समेत रहेका केपी ओलीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले धक्का दिएको छ । आफु बहुमतको सरकार भन्दै आएका ओलीलाई पछिल्लो समय गठबन्धन दलहरुले दवाव दिइरहेका छन् ।

कर्णाली र सुदुरपश्चिमा माओवादी नेतृत्वको सरकार सुरक्षित भइसकेको अवस्थामा प्रदेश २ मा पनि जनता समाजवादीको उपेन्द्र यादव पक्षले माओवादी र कांग्रेसलाई सरकारमा ल्याउन ६ मन्त्रालयल टुक्राएर १० मन्त्रालय बनाउन लागेको छ । प्रदेश १ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो रणनिति बनाइसकेको छ । विपक्षी गठबन्धन एक जुट भएको अवस्थामा ओली सरकारका मुख्यमन्त्री शेरधनराईको सरकार पनि ढल्ने अवस्था नआउला भन्न सकिन्न । काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्ष एकजुट भएमा मुख्यमन्त्री राईको सरकार ढल्ने स्पष्ट देखिएको छ ।

प्रदेश स्तरबाट ओलीलाई धक्का दिँदै आएको विपक्षी गठबन्धनले आजबाट गण्डकी प्रदेश कब्जा गर्न रणनिति बनाउने भएको छ । गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बनाउन विपक्षी दल लागि परेको छ । वाग्मती प्रदशेमा ओली समुहका डोरमणि पौडेल रहेका छन् । यहाँ पनि माधव नेपाल समुहका २२ सदस्य रहेकाले काँग्रेस, माओवादी र एमालेको नेपाल समूह मिले सरका र ढल्ने निश्चित छ ।

त्यसैगरी, केन्द्रमा पनि ओलीलाई ढाल्न विपक्षी दलका नेताहरु कानुनी रुपमा नै लागि परेका छन् । यति बेला ओली सरकारलाई साथ दिने जसपाका महन्थ ठाकुर पक्षमा रहेको छ । साथै चुनावको समर्थनमा राष्ट्रिय प्रजातनन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि सकारात्मक देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर