पूर्ख्यौली घरमै बिहे गर्ने रणवीरको चाहना, बिहेमा ४५० पाहुनाको सहभागिता रहने — OSNepal

पूर्ख्यौली घरमै बिहे गर्ने रणवीरको चाहना, बिहेमा ४५० पाहुनाको सहभागिता रहने

LC (KTM) April 03, 2022 0

काठमाडौं-अभिनेत्री आलिया भट्ट र बलिउड अभिनेता रणवीर कपुर छिट्टै बिबवाह बन्धनमा बाधिने भएका छन् । आफु हर ले बिह गर्ने बारे रणवीर आफैले खुलासा गरेका भारतिय मिडियाले जनाएका छन् । उनले छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन नचाहेको बताइएको छ ।उनले एनडीटिभीसँग भनेका छन् ‘म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। तर आलिया र मैले विहेका लागि तयार भएका छौं। आहा गरौं त्यो छिट्टै पूरा होस्, ।

पिता ऋषि कपुरद्वारा अभिनित फिल्म शर्माजी नमकिन फिल्मको प्रवर्द्धनमा व्यस्त रहेका रणवीरले विवाहबारे खुलासा गरेका हुन्। आलियाले केही समय पहिले आफु रणवीरसँग खुशी रहेको बताएकी थिइन् । रिपोर्टका अनुसार आलिया र रणवीरको विवाह मुम्बईमा हुने भएको छ । रणवीर आफैंले आफ्नो पुर्ख्यौली घर आरके हाउसको विवाह स्थल फाइनल गरेका छन् ।

उनका आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह २० जनवरी १९८० मा आरके हाउसमा भएको थियो। त्यसैले रणवीर पनि आफ्नी प्रेमिका आलियासँग चेम्बुरको घरमा विवाह गर्न चाहन्छन् ।यस विवाहमा ४५० पाहुनाको सहभागिता रहनेछ जसका लागि ‘शादी स्क्वाड वेडिङ प्लानर’ नियुक्त गरिएको छ । तर, विवाहको मिति भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर