काठमाडौं -एमालेबाट विजयी कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोककुमार चन्दले पार्टीपूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चन्दसहित त्यहाँका अधिकतर नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी प्रबेशगर्ने तयारी रहेको बताइएको छ ।
मेयर चन्दसहित एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गर्नेहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने कार्यक्रम छ।मेयर चन्दसहित वेदकोट नगरपालिकाको एमालेको ठूलो पङ्क्ति एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ।