नेपाल र भारत बीचको सीमा बिबाद सदियौ देखि रहदै आएको छ । नेपाल तर्फका बिभिन्न ठाउँमा भारतले अतिक्रमण गरेको छ । पछिल्लो समय नेपालको लिपुलेक र कालापानीले दुई देशबीच ठुलै तरंग समेत ल्यायो । तर अहिले सबै कुरा अस्ताएर गएका छन् । सीमा बिबाद दुई देशबीच भ्रमणका बेला उठ्ने गरे पनि भारतले आलटाल गर्दै आईरहेको छ ।
यसैबीच भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले सीमा विवाद सुल्झाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन्। नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेका थिए । सोही बेला प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग सीमा विवादको विषयमा छलफल भएको बताए ।
सीमा सम्बन्धमा कुरा उठाएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। कालापानी–लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच प्रमुख रुपमा विवाद रहदै आएको छ तर पनि समाधान भएको छैन । सीमा विवाद समाधानका लागि कूटनीतिक तहमा छलफल तथा वार्ता गर्ने भनिए पनि हालसम्म त्यसले मूर्त रुप लिन सकेको छैन।