अस्पतालहरुलाई स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत : नेपाली कांग्रेस — OSNepal

अस्पतालहरुलाई स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत : नेपाली कांग्रेस

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । नेपाली कांग्रेसले क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न सरकारलाई चेतावनी दिएको छ । कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती मार्फत सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन चाहन्छ ।’ अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत भएको बताउँदै विज्ञप्तीमा अगाडी भनिएको छ,‘त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरण गर्ने योजना उपयुक्त हुनेमा त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ’ ।

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको विज्ञप्तीमा भनिएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी भएकाले त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरू हाम्रो भरपर्दो आधार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर