ओली र नेपाललाई नेता भट्टराईको प्रश्न : के का लागि गरेको यो सब ? — OSNepal

ओली र नेपाललाई नेता भट्टराईको प्रश्न : के का लागि गरेको यो सब ?

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । नेकपा एमालेको माधव नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टीका वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न किन तयार भएकोमा प्रश्न गरेका हुन् ।

त्यस्तै खनाल र नेपाल पनी आफ्नो पार्टीको अध्यक्षसँग सहकार्य गर्न छाडेर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने आखिर एमालेको एकताको मुल जड के ? भन्दै नेता भट्टराईले प्रश्न गरेका छन् ।

एकताको मुल जड नै यही भएको निष्कर्ष निकालेका नेता भट्टराईले यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको बताएका छन् ।

नेता भट्टराईले लेखेका छन्,एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर