योगेश भट्टराई भन्छन् एमाले समस्याको मूल जड केपी, झलनाथ र माधव हुन — OSNepal

योगेश भट्टराई भन्छन् एमाले समस्याको मूल जड केपी, झलनाथ र माधव हुन

LC (KTM) June 09, 2021 0

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीभित्र देखिएको समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रहेको बताइएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।भट्टराईले एमालेका तीनै नेताहरू आफूभित्र नमिल्ने र बाहिर अन्य दलसँग गठबन्धन गर्ने समस्या रहेको बताएका छन् ।

उनले लेखेका छन् , ‘एमालेको एकताको मूल जड रु कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कसले, किन र केका लागि गर्दैछ यो सब रु एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरू बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’ भट्टराईले पार्टी फुट्न जोगिनबाट जोगाउन हरद लागेपनि उनको प्रयास असफल हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर