काठमाडौं १७ चैत । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।
आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थल सबैमा सीसीटीभीको व्यवस्था गराइने जानकारी गराएका हुन् ।
सीसीटीभीको निगरानी भने आयोगले नै गर्ने बताएका छन् । तर सबै निर्वाचन केन्द्रमा भने सीसीटीभी जडान गर्न भने नसकिएको पौडेलले बताएका छन् ।
साथै, सम्मेलनमा पौडेलले निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी भएको जानकारी समेत गराएका छन् ।