काठमाडौं १७ चैत । सरकारले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निणर्य गरेको छ ।
आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा ऐरीलाई नियुक्त गरेको हो ।
साथै, बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार आजको बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको बताइएको छ ।